Section 5
पदमा नरहने अवस्था
(१) यस ऐन बमोजिम नियुक्त अध्यक्ष तथा सदस्य देहायका अवस्थामा आफ्नो पदमा बहाल रहने छैनः-
(क) दफा ४ बमोजिम निजको पदावधि समाप्त भएमा
(ख) निजले आफ्नो पदबाट दिएको राजीनामा नेपाल
सरकारबाट स्वीकृत भएमा (ग) खराब आचरण कार्य क्षमताको अभाव वा इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालना नगरेको आधारमा नेपाल सरकारले निजलाई पदमुक्त गरेमा
(घ) निजको उमेर त्रिसट्टी वर्ष पूरा भएमा
(ङ) निजको मृत्यु भएमा ।
(२) यस ऐन बमोजिम नियुक्त अध्यक्ष वा सदस्यलाई पदबाट हटाउनु अघि नेपाल सरकारले निजलाई आफ्नो सफाई पेश गर्न मनासिब मोका दिनु पर्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उच्च अदालतको बहालवाला न्यायाधीश अदालतको सदस्य तोकिएको अवस्थामा निज जुनसुकै व्यहोराले उच्च अदालतको न्यायाधीश पदबाट अवकाश प्राप्त गरेमा यस ऐन बमोजिम गठित अदालतबाट स्वतः अवकाश प्राप्त गरेको मानिनेछ । यसरी अवकाशप्राप्त न्यायाधीशले पाउने सुविधा निजको सेवा शर्त सम्बन्धी प्रचलित कानूनमा व्यवस्था भए बमोजिम हुनेछ ।